दफा ४४९
बन्धकीमा दिएको सम्पत्ति हानि, नोक्सानी भएमा साहू जवाफदेही हुने

(१) बन्धकी लिएको सम्पत्तिमा साहूको भोगाधिकार कायम भएपछि त्यस्तो सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएमा त्यस उपर साहू नै जवाफदेही हुनेछ ।
(२) उपदफा (१) बमोजिम बन्धकीमा लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहूले त्यस्तो सम्पत्ति आफ्नै खर्चमा मर्मत सम्भार गरी पहिलेकै अवस्थामा ल्याउनु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद्परी बन्धकी लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहू जवाफदेही हुने छैन र त्यसरी भएको हानि, नोक्सानीको मर्मत सम्भार साहूले असामीको लिखित मञ्जुरी लिई गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम मर्मत सम्भार गर्दा लागेको खर्च असामीले बन्धकी दिएको सम्पत्ति फिर्ता लिँदा साहूको थैलीमा त्यस्तो खर्च समेत समावेश गरी भुक्तानी गर्नु पर्नेछ ।